गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड: नेकपा एकीकृत समाजवादी
काठमाडाैं | पुस १६, २०७९
काठमाडौं: नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ ।
एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए । पार्टी बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए । बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गरेका छन् ।
देउवाले बचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रिया स्वरुप गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको उल्लेख गरे ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

